+
+

राजधानीका लागि जग्गा अधिग्रहणको काम एक महीनामै सक्न मुख्यमन्त्री केसीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १०:२४

३ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी निर्माणको लागि जग्गा अधिग्रहण र गुरुयोजनाको काम एक महीनाभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

जग्गा अधिग्रहण कार्यदलको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जग्गा अधिग्रहण र गुरुयोजना निर्माणको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन् ।

बैठकमा बोल्दै मुख्यमन्त्री केसीले पहिलो चरणमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई पहिलो घेरा बनाएर काम गर्ने र दोस्रो चरणमा लमही नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र प्युठानको सरुमारानी गाउँपालिकालाई समेटेर काम अघि बढाउने बताए ।

कानून, महिला तथा बालबालिका मन्त्री रमा घर्तीमगरले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी संयोजक रहेको ५ सदस्यीय कार्यदलले जग्गा अधिग्रहणको काम गरिरहेको भन्दै कानूनी बाधा अवरोध भए सहजीकरण गरेर काम छिटो गर्न निर्देशन दिएकी छन् । बैठकमा राप्ती गाउँपालिका, शीतगंगा नगरपालिका, लमही नगरपालिका, गढुवा गाउँपालिकाका जनप्रतिनिधिहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?