काठमाडौं । जस्मिन हाइजिन प्रोडक्ट्स प्रालिले प्रिमियम सफ्ट एण्ड ड्राइ प्रिमियम पेन्ट्स बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार सफ्ट एण्ड ड्राइ प्रिमियम पेन्ट्स उच्च गुणस्तरका बस्तुहरु प्रयोग गरी उत्पादन गरिएको प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन भएको पहिलो डाइपर हो ।
नेपालमै पहिलो पटक उत्पादित अल्ट्रा थिन डाइपर भएकोले सफ्ट एण्ड ड्राइ लगाउन सजिलो हुनुको साथै बुल्की डाइपर जस्तो ठूलो नदेखिने कम्पनीको भनाइ छ । यस डाइपरमा थ्रीडी इम्बोस्ड टपसीट रहेको र यसमा हुने अल्ट्रा एब्सर्बिङ होल्सले बढी सोस्ने तथा हावाको सर्कुलेसन बनाइ राख्ने काम गर्दछ जस कारण बच्चाको छाला सुख्खा र नरम भैराख्दछ ।
एन्टी ब्याक्टेरियल खुबी भएको यस डाइपरले र्यासेस र लिकेज हुन नदिने र कम्पोजाइट कोरले डाइपरमा डल्लो पर्ने समस्या निराकरण गर्ने कम्पनीको दाबी छ । साथै यस डाइपरमा भएको थ्री लाइन वेटनेस इन्डिकेटरले कलर चेन्ज गरी इाइपर बदल्न सुझाव पनि दिनेछ।
प्रतिक्रिया 4