काठमाडौं। काठमाडौंका सबै क्षेत्रमा सीजी नेट उपलब्ध हुने भएको छ । सीजीनेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबै क्षेत्रमा विस्तार गरेको जनाएको छ ।
काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्धग राउन आफूहरू सक्षम भएको सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले जानकारी दिए।
सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले छोटो समयमै लोकप्रिय भएको उनको दावी छ ।
सीजीले ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिसहितको योजनाले शुरुआतबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६४९ रुपैयाँमा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने सुपर सस्तो प्याकेज पनि ल्याएको जनाएको छ ।
गत जेठमा काठमाडौंका सीमित क्षेत्रबाट इन्टरनेट सेवाको शुरुआत गरेको सीजी नेटले हाल काठमाडौंका सबै भूभागमा पुर्याउँदै ग्राहक संख्या १० हजार नाघेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4