२१ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ सिमात घुम्तीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ठिंगनबाट कान्ति लोकपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र अर्का घाइतेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
कान्ति लोकपथ हुँदै आएको ना ४ त ६०७५ नम्बरको ट्रयाक्टर सिमात घुम्तीमा बुधबार सडकबाट करिब २५० मिटर खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4