+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नगरपालिकाकै मिलेमतोमा घाट मासेर नदीजन्‍य पदार्थको उत्खनन्

विकास मरहट्टा विकास मरहट्टा
२०७८ माघ ६ गते १८:३२

६ माघ, गोरखा। गोरखा नगरपालिका–१३ अवुवा स्थित लुदीखोला दोभान क्षेत्रमा दाहसंस्कार गर्ने घाट मासेर नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । गोरखा नगरपालिकाले स्वीकृति दिएपछि ठेकेदारले दाहसंस्कार गर्ने घाटमा क्षति पुग्ने गरी उत्खनन् शुरु गरेको हो ।

‘ढुङ्गा, गिटी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७’ मा खोलानालाको किनारामा रहेका घाटलाई कुनै हानी नोक्सानी नहुने गरी उत्खनन् गर्नुपर्ने भनिएको छ ।

नगरपालिकाले निर्माण गरेको ‘प्रारम्भिक वातावरणीय परीक्षण’ (आईईई) मा पनि सो कुरा उल्लेख छ । तर मापदण्डलाई लत्याउदै गोरखा नगरपालिकाले घाट क्षेत्रमा उत्खनन् गर्न मनोकामना गुरुङ निर्माण सेवालाई स्वीकृति दिएको हो । सो क्षेत्रबाट १ हजार ९ सय ५० घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पुस २० गते ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

परम्परागत घाट मासिने गरी उत्खनन् गर्न दिएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । बिहीवार उनीहरु उत्खनन् स्थल पुगेर काम रोक्न अनुरोध गरे । आक्रोशित स्थानीयले केही समय कामसमेत रोकिदिएका थिए ।

‘मान्छे मर्दापर्दा हामीले दाहसंस्कार गर्न लाने घाट नै त्यही हो,’ स्थानीय भिमकुमारी शाहले भनिन्, ‘तर अहिले गिटी बालुवा निकालेर घाट सबै जलमग्न बनाइदिएका छन् ।’ संरक्षण गर्नुपर्ने घाटमा नगरपालिकाले उत्खनन् गर्न दिनु गलत भएको भन्दै उनले आक्रोश व्यक्ति गरिन् ।

‘घाटमा टेण्डर पार्न पाइन्छ र ?’ अर्का स्थानीय शान्तमणि कैनीले प्रश्न गरे । घाट क्षेत्रमा भएको उत्खनन्ले नजिकै रहेको मोटरेवल पुल र वस्ती जोखिममा पर्ने खतरा बढेको उनको भनाइ छ ।

‘यसअघि त्यहा कुनै पनि गाडी जान दिएका थिएनौ, तर अहिले नगरपालिका आफैले ठेक्का लगाएर उत्खनन् गर्न दियो, घाट त मास्यो नै, अब त्यहाबाट खोतल्दै आउने हो भने अबुवा पुल र त्यस आसपासका बस्ती पनि जोखिममा पर्छ,’ उनले भने ।

घाट मासिने गरी भएको उत्खनन् बारे नगरपालिकालाई जानकारी गराएपनि बेवास्ता गरेको स्थानीय किसान उप्रेतीले बताए । ‘मेयरलाइ हामीले जानकारी गराएका थियौ तर स्थानीय आफै मिलेर रोक्नुस् भनेर पन्छिनुभयो,’ उनले भने ।

त्यस्तै नदीको ५ सय मिटर दायाँ-बायाँ उत्खनन् गर्न नपाइने व्यवस्था छ । तर सो क्षेत्रमा ठेकेदारले नदीभित्रैबाट भ्याक्हु लोडरले उत्खनन् गरिरहेको छ । सम्बन्धित स्थानीय तहबाट नियमित अनुगमन हुनुपर्ने भएपनि नगरपालिकाले बेवास्ता गर्दै आएको छ ।

अनुगमन नहुदाँ ठेकेदारले मनोमानी रुपमा उत्खनन् गरिरहेको छ । उत्खनन् गरिएको नदीजन्य पदार्थको घाटगद्धी अर्को जिल्ला तनहुँमा गरेको भन्दै आलोचनासमेत भएको छ ।

नगरपालिको ठेक्का खुलाएको अधिकांश ठाउँमा मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन् हुदै आएको छ । नगरपालिकाकै मिलेमतोमा मापदण्डविपरीत उत्खनन् हुने गरेको भन्दै आरोपसमेत लाग्ने गरेको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?