
८ माघ, काठमाडौं । चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ । आज आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूताबासले जनाएको छ ।
महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूताबासले जनाएको छ ।
यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4