+
+

दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै धेरै

रासस/सिन्ह्वा रासस/सिन्ह्वा
२०७८ माघ ११ गते १६:०३

११ माघ, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ८ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।

उनीहरूका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरूको कुल संख्या ७ लाख ४९ हजारभन्दा बढी पुगेको छ ।

कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ । यहाँ पछिल्ला दिनहरूमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरूको संख्या पनि बढेको छ । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?