+
+

पत्रकार महासंघले भन्यो : एलबीको मृत्युमा सिभिल अस्पतालको लापरबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १९:५०

१४ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्ययन समितिले पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्यु हुनुमा नेपाल निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को लापरबाही भएको निष्कर्ष निकालेको छ ।

बिरामीसँग पैसा नभएको थाहा पाएपछि अस्पतालले उपचारमा बेवास्ता र लापरबाही गरेको समितिको प्रतिवेदनमा अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले मृतक पत्रकारका आफन्त, कार्यरत सञ्चारसंस्था, अस्पताल र अन्य सरोकारवालासँग प्रत्यक्ष भेटघाट, संवाद र टेलिफोनमार्फत् कुराकानी गरेर प्रतिवेदन तयार पारेको जानकारी दिएको छ ।

माघ ६ गते पत्रकार विश्वकर्माको पाटन अस्पतालमा निधन भएको थियो । माघ ५ गते सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका मृतक विश्वकर्मालाई पाटन अस्पताल रिफर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?