१९ माघ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले फरवार्ड पिएरे एमरिक ओबामेयाङलाई अनुबन्ध गरेको छ । आर्सनलका पूर्वखेलाडी ओबामेयाङलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
बार्सिलोनाले ३२ वर्षीय ओबामेयाङसँग सम्झौताका लागि सहमति भएको बुधबार जनाएको छ । ओबामेयाङले बार्सिलोनासँग ३० जुन २०२५ सम्मको सम्झौतामा हस्ताक्षर गर्ने र ३० जुन २०२३ मा क्लब छाड्न पाउने विकल्पसमेत रहेको बार्सिलोनाले जनाएको छ ।
यस्तै, बार्सिलोनाले उनको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ । गत डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि आर्सनलका लागि खेलेका थिएनन् । उनले पछि आर्सनलसँग सम्झौता तोडेका थिए । ओबामेयाङले आर्सनलका लागि १६३ खेलमा ९२ गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4