२१ माघ, डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ स्थित बगलेक क्षेत्रमा हिमपात भएको छ ।
बिहीबार रातिदेखि वर्षा भएसँगै शुक्रबार बिहान बगलेक क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले बगलेक क्षेत्रका डाँडा सेताम्य भएको छ भने हिउँसँग खेल्न स्थानीयलागत आसपासका मानिसहरु पुग्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइको स्थान पनि हो ।
तस्वीरहरु : रामहरि ओझा/अनलाइनखबर

प्रतिक्रिया 4