+
+

‘लप्पनछप्पन २’को सुस्त प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १४:५१

१३ फागुन, काठमाडौं । आगामी शुक्रबारदेखि चलचित्र ‘लप्पनछप्पन २’ रिलिज हुँदैछ । बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्रको निर्माणपक्षले फागुन २० गतेलाई प्रदर्शन मिति तय गरेपनि दर्शकलाई यसको बारेमा जानकारी दिन आनाकानी गरिरहेको छ ।

साढे दुई वर्षभन्दा लामो समयदेखि कोरोना महामारीका कारण रोकिएको यो चलचित्र रिलिजको मिति नजिकिंदै जाँदा यसको मेकर भने सुस्त देखिएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रको प्रचार सुरु नै नहुँदा फागुन २० गतेबाट चलचित्र रिलिज हुन्छ त भन्ने आशंका समेत उब्जिएको छ ।

चलचित्रमा अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाहीको मुख्य भूमिका छ । एक्सन जनरामा निर्माण भएको चलचित्रको पहिलो सिरिज बक्स अफिसमा औसत चलेको थियो । यसैले दोस्रो सिरिजप्रति दर्शकको चासो बढाउन कलाकारदेखि मेकर सक्रिय रुपमा लाग्नुपर्ने हो । तर मेकर र कलाकारको सुस्तताले गर्दा पनि चलचित्रको ओेपनिङ व्यापार कस्तो होला भन्ने प्रश्न उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?