
३० फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-६ घर भई भक्तपुर नगरपालिका-११ मा बस्दै आएकी राधा माताङ्गीलाई सीआईबीको टोलीले सोमबार पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले गत पुस २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय गर्ने फैसला गरेको थियो ।
माताङ्गीलेले सूर्यविनायकस्थित सानिमा बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
सूर्यविनायकमा लुकिछपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4