+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रवेश पत्र नआएको भन्‍दै पूर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरु आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १४:५२

१० चैत, धरान । क्याम्पस प्रशासनको लापरबाहीका कारण सातजना विद्यार्थीको प्रवेशपत्र नआएको भन्दै पुर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

इञ्जिनियरिङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत रहेको क्याम्पसमा विद्यार्थीहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छन् भने क्याम्पस प्रमुखको कुर्सीसमेत जलाएका छन् ।

बैंकमा पैसा जम्मा गरेर अनलाइन परीक्षा फारम भरेपनि प्रवेश पत्र नआएकोले विद्यार्थीहरु परीक्षाबाट बञ्चित हुने भएपछि डीन कार्यलय पुलचोकमा निवेदन पठाउनुको साथै प्रशासनसँग छलफल गर्न खोज्दा पनि वेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थी आभास शर्माले बताए ।

बीसीई (ब्याचलर अफ सिभिल इन्जिनियरिङ), बीसीटी (ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ) तर्फको ७ विद्यार्थीहरुको प्रवेश पत्र नआएपछि परीक्षा दिन नपाउने भएका हुन् ।

उनले भने ‘अनलाईनबाट फाराम भरेको सिस्टमको खराबीले सबमीट भएन भन्ने साथीहरु प्रवेशपत्र लिन जाँदा मात्रै थाहा भयो । प्रशासनसँग कुरा गर्न खोजेको। हुँदैन भन्छ । यसरी त हामीहरुको एक वर्ष त खेर जान्छ नि।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?