+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनामा कलेजो प्रत्यारोण

रासस रासस
२०७८ चैत २३ गते ६:५०

२३ चैत, भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा. शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

आइतबार कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र सोमबार झापाका ५१ वर्षीय रामचन्द्र वलीको कलेजो सफल रुपमा प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । महर्जनलाई उनकै पत्नी ४३ वर्षीया ज्ञानीशोभाले र वलीलाई उनकी १९ वर्षीया छोरी सुमित्राले कलेजो दिएका हुन् ।

दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. श्रेष्ठले भने, ‘जटिल शल्यक्रियाका लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्द्रमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ, आगामी महिनादेखि प्रत्येक महिना कम्तीमा दुई जनाको कलेजो प्रत्यारोपण नियमितरुपमा गर्ने तयारी छ ।’

कलेजो प्रत्यारोपणमा डा. प्रदेज सापकोटा, डा. क्षेतेन योञ्जन तामाङ, डा. अनिषा तिवारी, डा. ललितकुमार दास, डा. कर्ण राजवंशी, डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सुमन र डा. कृष्ण बुढाथोकी तथा कोपिला दाहाल, बबिता लवजु, अनिता कार्कीलगायतको टोली संलग्न थियो ।

नेपालमा पहिलोपटक २०७२ मङ्सिरमा कलेजो प्रत्यारोपण यही केन्द्रमा गरिएको थियो । हालसम्म आठ जनाको कलेजो प्रत्यारोपण सफलतापूवर्क गरिएको अस्पतालले जनाएको छ । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेजस्तै कलेजो प्रत्यारोपणमा पनि सहुलियत दिनुपर्ने डा. श्रेष्ठको धारणा छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?