+
+

भीरबाट लडेर एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १४:००

२३ चैत, गोरखा । गोरखा नगरपालिका-१३ मझुवा देउरालीस्थित गल्छिन भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर- ३ का ६८ वर्षीय मोहनलाल थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमवार साँझ चार बजेको समयमा गोरखास्थित सम्धीको घरमा जान भनेर हिडेका उनी घर नफर्केपछि परिवारजनले खोजी कार्य अघि बढाएका थिए ।

सोही क्रममा मंगलवार साँझ चार बजे गल्छिन भीरमा उनको शव फेला परेको प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।

उनका अनुसार मृतक मगरको टाउको र शरीरमा चोट देखिएको र शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?