+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
११५ बलमा १३८ रन आवश्यक
विराटनगर किंग्स 2025
10/0 (0.5)
Shares

मन्त्री दीपक मनाङेले कुटे कर्मचारी

अमृत सुवेदी अमृत सुवेदी
२०७८ चैत २३ गते १५:३०

२३ चैत, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।

उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको हो ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

आफू हिजाेदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए ।

ओझले मन्त्री मनाङेले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएकाे सचिव अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘उहाँले घटनाबारे जानकारी गराएर बिदा बस्छु भन्नुभयाे, मैले पाेखरा फर्केपछि छलफल गराैंला भनें’, सचिव अधिकारीले भने, ‘मन्त्रीज्यूले फाेन नै उठाउनु भएन ।’

मन्त्री मनाङेलाई सम्पर्क गर्दा सुरक्षा गार्डले फाेन उठाएर मन्त्री एउटा व्रतवन्धमा रहेकाे र पछि जानकारी गराउने बताए ।

कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएकाे जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढेकाे मनाङेकाे सचिवालयका एक कर्मचारीले बताए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?