+
+

पोखरामा सत्ता गठबन्धनमा खटपट, जसपाले भन्यो-सम्मानजनक प्रस्ताव नआए एक्लै चुनाव लड्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ८:३३

५ वैशाख, पोखरा । पोखरामा चुनाबी तालमेलका विषयमा सत्ता गठबन्धनका दलहरुबीच खटपट भएको छ । खासगरी जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाँटमा आफूहरुको सम्मानजनक उपस्थिति नभए एक्लै चुनाव लड्ने जनाएको छ ।

पोखरामा आइतबार साँझ सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो । भागबण्डा अंक नमिल्दा सो बैठक निष्कर्षविहीन भएको थियो । सिट बाँडफाँटको प्रस्तावमा असन्तुष्टि जनाउँदै जसपाका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका उपाध्यक्ष आमोद कुमार थापा बैठक बीचमै छाडेर हिँडेका थिए ।

उनले अनलाइनखबरसँग भने, ‘सहमतिका लागि जुन प्याकेजको प्रस्ताव ल्याउने भन्ने थियो, त्यसअनुसारको प्रस्ताव नआएपछि अर्को प्रस्ताव ल्याउनुस् भनेका छौं ।’ आफू वार्ता समितिमै भएकाले प्रस्तावको विषयमा थप भन्न नसक्ने उनले बताए ।

यद्यपि जसपाले पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको स्रोतले जनाएको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदमा दाबी गर्दै नवराज पौडेललाई उम्मेदवार तोकिसकेको छ ।

सम्मानजनक प्रस्ताव नआए जसपाले एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ । ‘सहमति नभए गठबन्धनभित्रैबाट एकल रुपमा पनि चुनाव लड्नसक्ने कार्यविधि बनेको छ,’ थापाले भने, ‘चित्तबुझ्दो प्रस्ताव नआए हामी त्यसै अनुसार अगाडि बढ्छौं ।’ नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दम्भ छाडेमा कुरा मिल्ने, नत्र समस्या हुने थापाले बताए ।

केही समय अगाडि डा. बाबुराम भट्टराई र हिसिला यमीले पोखरा आएर एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई भेटेर वैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनको विषयमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?