+
+

रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रका उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १८:२१

५ वैशाख, रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै स्थानीय तहमा उम्मेदवारहरु सिफारिस गरेको छ ।

स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिको बैठकबाट प्रदेश समितिमा सिफारिस गरेर पठाइएका पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरु सबै नयाँ अनुहारका हुन् ।

माओवादी केन्द्र रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव बुढाथोकीका अनुसार चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी (बसन्त) र उपप्रमुखमा ईश्वरी कुमारी शर्मा (बी.एम.)लाई सिफारिस गरिएको छ ।

यसैगरी मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का सिफारिसमा परेका छन् ।

आठबिसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाहीलाई सिफारिस गरिएको छ ।

सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्ख बहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेश कुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले तथा बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई सिफारिस गरिएको छ ।

बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिलालाई उम्मेदवार बनाउने निर्णयसमेत गरेको माओवादी केन्द्र रुकुम पश्चिमका प्रचार विभाग प्रमुख बुढाथोकीले जानकारी दिए ।

साथै सत्ता गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा जो कोहीको पनि उम्मेदवारी फिर्ता हुनसक्ने उनले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका सबै स्थानीय तहहरुमा माओवादी केन्द्रले क्लिनस्वीप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?