+
+

पोखरामा एकीकृत समाजवादीले गर्‍यो उम्मेद्‍वार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २१:०२

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरका लागि ३ जना उम्मेद्‍वारको नाम सिफारिस गरेको छ ।

कास्की जिल्ला कमिटीले मेयरको उम्मेद्‍वारमा दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको हो । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।

उसले पोखराको उपप्रमुखको उम्मेद्‍वारमा होम नेपाली र पूर्ण लामाको नाम सिफारिस गरेको छ । तर गठबन्धनमा पोखरामा उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?