+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेस काठमाडौं महानगर समितिले उपमेयरमा पनि उम्मेदवार सिफारिस गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ११:५३

८, वैशाख, काठमाडौं । सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई दिने सहमति गरिसकेको छ । तर, मेयर कांग्रेसले पाउने सहमति भए पनि नेपाली कांग्रेस काठमाडौं नगर समितिले उपमेयरमा समेत आकांक्षीको नाम सिफारिस गर्ने भएको छ ।

नगर समितिले तालमेलको विपक्षमा निर्णय गरेकाले उपमेयरको पनि नाम सिफारिस हुने एक पदाधिकारीले जानकारी दिए । ‘आकांक्षी धेरै जना हुँदा सिफारिस नाममा सहमति जुट्न सकेको छैन’ नगर समितिका एक पदाधिकारीले भने, ‘आज बैठक बसेर नाम सिफारिस गर्छौं ।’

कांग्रेसको काठमाडौं महानगर समितिमा सहमति जुट्न नसक्दा मेयरमा आकांक्षीको नामसमेत सिफारिस गर्न सकेको छैन ।बुधबार बसेको नगर समितिको बैठकले नाममा सहमति जुटाउन नसकेपछि बिहीबार पुनः बैठक बस्ने भएको छ ।

काठमाडौंको मेयरमा कांग्रेसबाट आकांक्षा देखाउने एक दर्जन बढी नेता भएको उनले जानकारी दिए । सिर्जना सिंह, तीर्थराम डंगोल, निलकाजी शाक्य, सुसन वैद्यलगायतको नाम चर्चामा रहेको छ ।  सिंह नेता प्रकाशमान सिंह पत्नि हुन् । डंगोल पुराना पुस्ताका काठमाडौं जिल्ला नेता हुन् ।

शाक्य नगर सभापति र वैद्य नगर सचिव हुन् । स्रोतका अनुसार सिंहको मात्रै नाम सिफारिस गर्ने कि अन्य नाम पनि पठाउने बारेमा एकमत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?