+
+

सप्तरीमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ९:२२

१० वैशाख, सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?