+
+

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’को ट्रेलर : जब ग्रीनकार्ड प्रेममा अवरोध बन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १६:५८

काठमाडौं । आगामी जेठ ६ गते रिलिज हुने फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार पत्रकार सम्मेलन गरी निर्माण पक्षले फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

अकेशा विष्ट, बास बासु र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्मले अमेरिकी ग्रीनकार्ड प्राप्त गरेपछि प्रेममा आउने मुख्य पात्रको बदलाव र संघर्षलाई चित्रण गर्छ ।

मुख्य पात्रका अमेरिका र नेपालमा प्रेमिका हुन्छन् । ग्रीनकार्ड प्राप्त गरेपछि उसको जीवनमा कस्तो परिवर्तन आउँछ ? कुन प्रेमिकालाई उसले रोज्छ ? के उसले प्रेमलाई निरन्तरता दिन्छ ? ट्रेलरमा यसबारे केही संकेत गरिएको छ ।

अमेरिकी सपना बोकेर हान्निएका नेपाली युवायुवतीको जीवनको नजिक यसको कथावस्तु हुने निर्देशक सूर्य एन श्रेष्ठले बताए । फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक समेतको अभिनय रहेको छ ।

बास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बासुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराठी निर्माता छन् । अमेरिकामा यसअघि नै प्रदर्शन भइसकेको फिल्म नेपालमा रिलिज गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?