+
+

एन्जेलिना जोली युक्रेनमा, युद्ध प्रभावित बालबालिकालाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १२:२६

काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोली युद्धग्रस्त युक्रेनको आकस्मिक भ्रमणमा निस्किएकी छन् । शनिबार उनी पश्चिमी युक्रेनी सहर लिभ पुगिन्, जहाँ विद्यालय र चिकित्सकालय भ्रमणमा व्यस्त थिइन् ।

साथै, उनले त्यहाँ रुसी आक्रमणमा घरबिहीन भएका परिवारलाई पनि भेट्ने रोयटर्सले जनाएको छ । तर आक्रमणको साइरन बजेपछि उनको लिभ भ्रमण प्रभावित भएको जनाइएको छ ।

सन् २०११ देखि ४६ वर्षीया अभिनेत्री जोली राष्ट्रसंघीय शरणार्थी नियोगको विशेष दूत छिन् । उक्त नियोगका अनुसार पछिल्ला दुई महिनामा रुसी आक्रमणमा परी युक्रेनका १ करोड २७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । यो संख्या युद्धअघि रुसी जनसंख्याको ३० प्रतिशत रहेको जनाइएको छ ।

लिभस्थित स्टेसन भ्रमणमा जोलीले विस्थापित मानिससँग काम गर्ने स्वयंसेवकलाई भेटिन्  र मनोचिकित्सकसँग १५ मिनेट कुराकानी गरिन् । स्टेसनमा २ देखि १० वर्षका बालबालिकाले आश्रय लिइरहेका छन् ।

रुस–युक्रेन युद्धको सुरुवातदेखि नै जोलीले युद्धको विरोधमा आवाज उठाँउदै आएकी छन् । उनले आफूले युक्रेनका मानिसको पक्षमा प्रार्थना गरिरहेको उल्लेख गरेकी थिइन् ।

यसअघि उनले राष्ट्रसंघीय विशेष दूतको रुपमा द्वन्द्वग्रस्त यमनको भ्रमण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?