+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एजेण्डा नभएपछि कांग्रेस गठबन्धन गर्न बाध्य भयो : घनश्याम भूसाल

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १६:५१

२५ वैशाख, बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् ।

रुपन्देहीको बुटवलमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भूसालले कांग्रेस लामो इतिहास भएको पार्टी भए पनि आफ्ना एजेण्डा नभएको आरोप लगाए ।

‘कांग्रेसका आफ्ना दीर्घकालीन योजना छैनन् अनि गठबन्धनको साथ लिएर मत माग्न जान बाध्य भएको छ’ भूसालले भने, ‘नेपालमा समाजवाद ल्याउन, विकास र समृद्धिका लागि एमालेको पूर्ण बहुमत आवश्यक छ ।’

अहिले एमालेविरुद्ध सबै शक्ति मिलेकाले एमाले पनि एकजुट हुनुको विकल्प नभएको उनले बताए । एमालेले चुनाव जितेका क्षेत्र र पालिकामा नमुनायोग्य काम भएको भूसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?