+
+

राजामौली र महेशबाबु एड्भेन्चर फिल्ममा सहकार्य गर्दै, बलिउड नायिका नलिइने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १६:२६

काठमाडौं । ‘बाहुबली’ र ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजामौली र तेलुगू सुपरस्टार महेश बाबुले आगामी फिल्ममा सहकार्य गर्ने भएका छन् ।

दक्षिण भारतीय फिल्मका यी दुई ठूला नामले समकालीन एड्भेन्चर फिल्ममा टिमअप गर्न लागेको बलिउड हंगामाले जनाएको छ । स्क्रिप्ट तयार भएको फिल्मको छायांकन जुलाईदेखि सुरु हुने भएको छ ।

यस फिल्मको कथालाई राजामौली र उनको पटकथा लेखक विजयेन्द्र प्रसादले संयुक्त रुपमा लेखेका हुन् । निकट स्रोतका अनुसार अभिनेता महेश बाबु करिअरको यो बिन्दुमा महेशबाबु पिरियोडिक ड्रामा तथा पिरियोडिक फिल्म बनाउन उत्सुक छैनन् ।

उनका प्रशंसक समकालीन कथावस्तुमा आधारित फिल्म हेर्न रुचि राख्छन् । राजामौलीको समकालीन सेटमा फिल्म छायांकन हुने उल्लेख छ । यो भन्दा पनि महत्वपूर्ण यो छ कि महेशबाबु र राजामौलीको नयाँ फिल्ममा बलिउड अभिनेत्री हुनेछैनन् ।

एक वर्षअघिसम्म श्रद्धा कपुर, दीपिका पादुकोण र पूजा हेग्डेजस्ता ए–लिस्टर बलिउड अभिनेत्रीलाई राम्रो पारिश्रमिक दिने गरिन्थ्यो, तर भारतभर ‘पुष्पा’ र ‘केजीएफ’को बक्स अफिस सफलतापछि यो ट्रेण्डमा परिवर्तन आएको छ । यसकारण महेशबाबु र राजामौली हिन्दी फिल्ममा अहिलेसम्म नदेखिएकी अभिनेत्री यसमा लिन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?