
२८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने 1 जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4