
३० वैशाख, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा आँबुखैरनी १ का नविन दवाडी र अरुण गुरुङ रहेको तनहुँ प्रहरीले जनाएको छ ।
मतदान केन्द्रमा अर्के व्यक्तिको मतदाता परिचय पत्र बोकेर आएका उनीहरुको नाम रुजु गर्ने समयमा नमिलेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4