
१ जेठ, चितवन । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतोले आफ्नो मतान्तर बढाउँदै लगेकी छन् । आइतबार दिउँसोसम्मको मतगणनामा ताराले चार हजार ६३ मत पाएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले दुई हजार ७४६ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका खेम महतोले २२७९ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार मदन पौडेलले १८१४ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १८१५ मत पाएका छन् । माडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ ।
त्यस्तै नेकपा एमाले र राप्रपाको पनि तालमेल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4