
१ जेठ, बाँके । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैंसिर निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्टलाई १ हजारभन्दा बढी मतअन्तरले हराएका छन् ।
चैंसिरले ५ हजार ३ मत ल्याउँदै निर्वाचित हुँदा भट्टले ३ हजार ८८७ मत पाएका छन् ।
उपप्रमुख पदमा पनि एमालेकी उम्मेदवार दुर्गा कुमारी खत्री निर्वाचित भएकी छन् । उनले ४ हजार ६३६ मत पाएकी छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १८२ मत पाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4