+
+

पाँचथरको मिक्लाजुङको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १३:०२

३ जेठ, पाँचथर । पाँचथरको मिक्लजाजुङ गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमराज माखिम विजयी भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई   २ हजार ३९ मत अन्तरले पराजित गरेका हुन् ।

माखिमले ६  हजार  ६५ मत ल्याउँदा बस्नेतले ४ हजार २६ मत ल्याए । माखिम मिक्लाजुङ गाउँपालिकाको निर्वतमान अध्यक्ष समेत हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा ‘सन्तोष’ विजयी भएका छन् । शेर्मासँग एमालेकी धनमाया सारु मगर पराजित भइन् । शेर्माले ५ हजार ५४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३ सय ७२ मत ल्याइन् ।

८ वडा रहेको मिक्लाजुङमा वडा नम्बर ८ बाहेक सबै वडाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?