+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंको शंखरापुरमा राप्रपाका नापित बने मेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २२:१४

३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरपुर नगरपालिकाको मेयर जितेको छ ।

मंगलबार साँझ सकिएको मतगणनामा राप्रपाका रमेश नापित ४७०० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याए । उनलाई नेपाली कांग्रेसको समेत समर्थन थियो ।

नेकपा एमालेका कृष्णलाल बजगाईंले ३६२२ र माओवादी केन्द्रका मधु केसीले २२४४ मत पाएका छन् ।

उपप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले ३२९८ मत ल्याउँदा एमालेकी लक्ष्मी केसीले २९४३ र माओवादी केन्द्रकी चण्डिका चौलागाईंले २२६२ मत पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?