
५ जेठ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको मेयर उपमेयर दुवै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ ।
मेयरमा प्रदीपकुमार खड्का ६ हजार ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले ५ हजार ७४७ मत पाए ।
यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भइन् । उनले ५ हजार ८०८ मत पाइन् ।
उनकी निकतम प्रतिद्वन्द्वी कांग्रेसकी रेखा यादवले ५ हजार ६०५ मत पाइन् ।
९ वटा वडा रहेको ओरहीमा ५ वटा वडा १, २, ३, ६ र ७ को वडाध्यक्ष पनि जसपाले जितेको छ । बाँकी ४ वटामा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4