
६ जेठ, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका देवीदत्त कंडेल निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रहेका कंडेल १३ हजार ७९५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पदमसिंह सिंगालले ६ हजार ६२५ मत ल्याए ।
यस्तै गौरींगाको उपमेयरमा पनि सत्तारुढ गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका भोजबहादुर बम विजयी भएका छन् ।
बमले ११ हजार २८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4