+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्यार्थी लक्षित ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम-२०२२’ आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:५०

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बुधबारदेखि ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ सञ्चालन गर्दै छ । विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल मै पहिलो पटक यस्तो गेम सञ्चालन गर्न लागेको प्रभु क्यापिटलले जनाएको छ ।

विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो ।

प्रभु क्यापिटलका अनुसार यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ । असार महिनाबाट सुरु हुने पहिलो अभियानमा ५ वटा कलेजका ३६ जना विद्यार्थीहरु सहभागी हुनेछन् । असार महिनाको पहिलो अभियान १ असारदेखि सुरु भई ३१ असारसम्म सञ्चालन हुनेछ ।

प्रभु क्यापिटलका अनुसार यस कार्यक्रममा विद्यार्थीहरुले सेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । यो खेल मा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा रु. १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिनेछ ।

साउन महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा १५ असारभित्र सम्पर्क गरिसक्नुपर्ने प्रभु क्यापिटलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?