
२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् ।
बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ । बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताएका थिए ।
लगतै एमाले सांसदहरुले उठेर अवरोध गरिरहेकै बेला सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन समय दिएका छन् । एमाले सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर टेबुल ठटाउँदै विरोध जनाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4