+
+

बुढीगण्डकीले कटान गरेको गोरखाको उत्तरी क्षेत्रमा तटबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १९:२९

४ असार, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा बुढीगण्डकी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध लगाइएको छ ।

गत वर्ष असारमा बुढीगण्डकीले कटान गरेको धार्चे र चुमनुब्री गाउँपालिकाको माछाखोला, जगत, सल्लेरी, घट्टेकुलो लगायतका क्षेत्रमा तटबन्ध गरिएको जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको नदी नियन्त्रण कार्यक्रम अन्तर्गत तटबन्धनको काम भएको कार्यालय प्रमुख प्रकाश लम्सालले बताए । ‘गत वर्षको बर्खामा बुढीगण्डकीले कतै घर बगाएको थियो, कतै कटान गरेर बस्ती नै जोखिममा पारेको थियो’, उनले भने, ‘ती क्षेत्रमा तटबन्धन गरेका हौ ।’ ग्याविन जालीसहित तटबन्ध गरिएको उनले जानकारी दिए ।

कार्यालयका इन्जिनियर बिष्णुहरि अधिकारीका अनुसार सल्लेरी र जगतमा दुई÷दुई वटा स्पर निर्माण गरिएको छ । माछाखोला, जगत, फिलिम, खोर्लावेशी र घट्टेकुलोमा टोवाल निर्माण समेत भएको उनले बताए ।

‘माछाखोलामा एक सय मिटर, जगतमा ३० मिटर, खोर्लावेशीमा एक सय १५ मिटर, घट्टेकुलोमा एक सय ५० मिटर र फिलिममा ५० मिटर टोवाल लगाएका छौ्र’ उनले भने । घट्टेखोलामा भने मर्मत गरिएको उनले जानकारी दिए ।

नदी नियन्त्रण कार्यक्रमका लागि भन्दै आर्थिक बर्ष २०७६÷७७ मा दुई करोड १२ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । सोही आयोजना अन्तर्गत सो क्षेत्रमा पनि तटबन्ध लगाउने काम गरिएको कार्यालयले जनाएको छ । ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सन कम्पनीले काम सम्पन्न गरिसकेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?