+
+

मौद्रिक नीतिमा भएको त्रुटिका कारण सेयर बजार प्रभावित : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १७:१४
फाइल तस्वीर

६ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गरेको बताएका छन् ।

आर्थिक विधेयकबारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकाय रहने गरी समिति बनाइएको बताउँदै उनले पछिल्लो समय प्रतिस्थापन विधेयक आएपछि आएको मौद्रिक नीतिका कारण बजार प्रभावित भएको स्पष्ट संकेत गरे । ‘प्रतिस्थापन विधेयक पछि मौद्रिक नीतिमा त्रुटि भएकै हो’ शर्माले भने ।

नेपाल राष्ट्र बैंकका नीतिहरुले सरकारको नीतिलाई समर्थन नगरेको आरोप लाग्दै आएको छ । विवाद बढ्दै जाँदा केही समय अगाडि सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । उनी अदालतको आदेशपछि काममा फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?