 
																			७ असार, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको मूल गेटमा ताला लागेको डेढ महिना बित्दा पनि खुल्न सकेको छैन । विद्यार्थी आन्दोलनका नाममा नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै वैशाख १९ गते लगाएको ताला अहिलेसम्म खोलिएको छैन ।
नेपाल विद्यार्थी संघले राखेका मागमाथि सहमती जुट्न नसकेपछि विश्विद्यालयको केन्द्रीय कार्यालयको प्रवेश ढोकामा डेढ महिनादेखि ताला झुण्डिएको छ । तालाबन्दी भएको महिनादिनपछिमात्र जेठ २९ गते विश्वविद्यालय र आन्दोलनरत पक्ष नेविसंघ छलफलमा बसेका थिए ।
वार्ताका क्रममा १४ मध्ये ११ बुदामा सहमती जुटेपनि बाँकी तीनवटा बुदामा सहमती जुट्न सकेन । मुख्य तीन वुदामा सहमती जुट्न नसकेपछि आन्दोलनरत पक्षले विश्वविद्यालयमा लगाएको ताला खोल्न मानेको छैन ।
संस्कृत विश्वविद्यायलका रजिष्ट्रार माधव अधिकारीले विश्वविद्यालयमा लागेको तालाबन्धी खुलाउँन पहिलो औपचारिक वार्ता गरेपनि केही बुदामा सहमती जुटेपनि आन्दोलनतर पक्ष ताला खोल्न तयार नभएको बताए ।
आन्दोलनरत नेविसंघले १० वर्षदेखि रोकिएको दिक्षान्त तीन महिनाभित्र हुनेपर्ने, विद्यार्थी संघले छात्राबासको सटरबाट प्राप्त भाडाको ३० प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्नुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने लागतयतका मागहरु राखेका थिए । तीमध्ये विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रावृति दुई सय प्रतिशतसम्म वृद्धि गर्नुपर्ने र आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने विषयमा सहमती जुट्न नसकेको राजिष्टार अधिकारीले बताए ।
आन्दोलनरत पक्ष नेविसंघले राखेका केही मागहरुलाई विश्वविद्यालयले सम्बोधन गर्न नसकिने रजिष्ट्रार अधिकारीले बताए । ‘जुन माग हामीले सम्बोधन गर्न सक्छौं, त्यसमा सहमती जुटायौं’ रजिष्ट्रार अधिकारीले भने, ‘केही माग हाम्रा कावुभन्दा बाहिरका छन्, त्यो विश्वविद्यालयले पुरा गर्न सक्दैन ।’
विद्यार्थीसँग सम्बन्धीत जायग मागहरुमात्र सम्बोधन गर्ने गरी समहमती गरेको उनले बताए । ‘केही माग विश्वविद्यालय क्षेत्रधिकार बाहिर छन्’ उनले भने, ‘जुन विश्वविद्यालय एक्लै चाहेर सम्भव छैन ।’
यता, आन्दोलनरत पक्ष नेविसंघ संस्कृति विश्वविद्यालय संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले विद्यर्थाीका जायज मागहरु पुरा गर्न विश्वविद्यालय लचिलो नभएको बताए । ‘विद्यार्थाीको छात्रावृती वृद्धि गर्र्ने जस्ता विषयमा विश्वविद्यालय गम्भिर देखिदैन’ उनले भने, ‘हामीले विश्वविद्यायल विद्यार्थीमैत्री हुनुपर्छ भन्ने पक्षमा छौं, तर उहाँहरु यसमा तयार हुनुहुन्न ।’
उनले बाँकी रहेका मागहरु पुरा गर्नुपर्ने र सहमती भएका मागहरु लागू भएमात्र ताला खोल्ने बताए । ‘नेविसंघ सधै तालाबन्दीको पक्षमा छैन’ उनले भने, ‘तर विद्यार्थीका जायज मागहरु पुरा गर्न विश्वविद्यालय लचिलो हुनुपर्छ ।’ उनले सहमती भएका मागहरु पुरा गर्न हप्तादिनको अल्टिमेट दिएपनि हालसम्म कुनै चासो नदेखिएको बताए ।
विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीका कारण विश्वविद्यालयले भने कुनै पनि कामकाजी र निर्णय समेत अघि बढाउँन सकेका छैन । वाह्र बर्षदेखि रोकिएको दिक्षान्त समारोह गर्ने तयारी भएपनि तालाबन्दीले रोकिएको विश्वविद्यालयले जनाएको छ ।
‘रोकिएको दिक्षान्त सामारोह हुनुपर्ने माग जायज हो’ उपकुलपती प्रा.डा यादव लामिछाने भन्छन्, ‘विश्वविद्यालय स्वयं अहिले दिक्षान्त समारोह गर्न जुटी सकेको थियो । ताला बन्दी केही ढिलाई हुने देखियो ।’
रजिष्ट्रार माधव अधिकारीले मुख्य गेटमै लगाएको तालाबन्दी नखुल्दा प्रशासनिक कामकाजी अघि बढ्न नसकेको बताए । उसो त विश्वविद्यालयहरुमा निरन्तर तालाबन्दी हुन थालेपछि उच्च अदालत तुलसीपुरले करीब ५ वर्षअघि विश्वविद्यालयमा प्राध्यापक कर्मचारीले कुनै पनि माग राखेर तालाबन्दी गर्न नपाइने फैसला गरिसकेको थियो । तर विद्यार्थी संगठनले सन्दर्भमा गरेको तालाबन्दीका सन्दर्भमा फैसलाले केही बोलेको छैन ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4