+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रचण्डलाई विप्लवको जवाफ : संविधानको विकल्प खोजे एकता हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते २०:०४
फाइल तस्वीर

८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्था र अलिहेको संविधानको विकल्प खोजे मात्रै पूर्व माओवादीहरुबीच एकता हुने बताएका छन्।

बुधबार अछाममा आयोजित कार्यक्रममा विप्लवले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि त्यही भनेको जानकारी दिए।

‘प्रचण्ड कमरेडलाई मैले के भनेको छु भने तपाईं पुरानो ठाउँबाट फर्किनुपर्छ,’उनको भनाइ छ, ‘अथवा संसदीय व्यवस्था नै ठिक हो, यही संविधान ठिक हो भन्ने कुरामा हाम्रो सहमति छैन । यो भन्दा राम्रो विकल्प खोज्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने हो भने एकता हुन सक्छ ।’

५ असारमा आयोजित एक कार्यक्रममा प्रचण्डले सबै पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण भएको दावी गरेका थिए। नयाँ प्रक्रियाल छिटै टुंगोमा पुग्ने पनि उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?