निमुसंगम घर्ती
२८ भदौ, दाङ । मातृका यादवले नेतृत्व गरेको नेकपा माओबादी दाङका इन्चार्ज ज्वाला खतिवडा सहित २२ जना जिम्मेवार कार्यकर्ताहरु मोहन बैद्य नेतृत्वको नेकपा-माओबादीमा प्रबेश गरेका छन् । इन्चार्ज ज्वालासहित राज्य सचिबालय सदस्य दामोदर जिसी, शंकर केसी, युबा जनसुरक्षा वलका संयोजक घनश्याम शर्मा लगायतका २२ जना सकृय कार्यकर्ताहरुलाई नेकपा-माओबादीका केन्द्रीय सदस्य पुर्ण घर्ती आयाम र इन्द्रजित थारुले टिका लगाएर शुक्रवार पार्टीमा स्वागत तथा प्रबेश गराउनुभएको हो ।
पार्टी प्रबेश गर्दै ज्वालले मातृका नेतृत्वको पार्टी मधेशबादी चिन्तनबाट अगाडि बढ्न नसकेको, संगठनले क्रान्ति प्रति धोका दिएको, कार्यनीतिवाट पार्टी पंक्ती बिचलन भएकाले आफुहरुले पार्टी परित्याग गरेको बताउनुभयो । कार्यक्रममा नेकपा-माओबादीका केन्द्रीय सदस्य पुर्ण घर्ती आयामले संबिधान सभाको निर्बाचन जनपक्षीय नभएको भन्दै यथास्थीतिमा गरिने निर्बाचनलाई आफ्नो पार्टीले सशक्त प्रतिकार गर्ने बताउनुभयो । गोलमेच सभा नै राजनीतिक निकासको एक मात्र बिकल्प भएको भन्दै चार दलीय सिण्डिकेटबाट हुन लागेको निर्बाचनको परिणाम जनताको म्याण्डेट बिपरित हुने उहाँको भनाई छ ।