
काठमाडौं । सबनम मुखिया निर्देशित छोटो फिल्म ‘जुभेनाइल’लाई मुलुकका २०० भन्दा बढी कलेजमा प्रदर्शन गरिने भएको छ । शुक्रबार काठमाडौंको पद्मोदय उच्च माविमा फिल्मको पहिलो प्रदर्शनी गरियो ।
लागूऔषध प्रयोगविरुद्धको सन्देश दिने फिल्म ५८ मिनेट लामो छ । निर्देशक मुखियाका अनुसार यो फिल्मलाई प्लस टुको पठनपाठन हुने ती कलेजमा देखाइनेछ ।
कलेजमा प्रदर्शन गरेपछि फिल्मलाई युट्युबमा रिलिज गर्ने तयारी छ । तर हलमा भने प्रदर्शन हुनेछैन । कुमार गजुरेल, मोहन चाम्लिङ राई, माधव पौडेल, ओमकृष्ण भण्डारी र सम्झना तिमल्सिनाले फिल्ममा अभिनय गरेका छन् ।
ड्रिमवल्र्ड मेकर्सको प्रस्तुति रहेको फिल्मलाई माधव पौडेलले निर्माण गरेका हुन् । निर्देशक मुखिया एक नयाँ फिचर फिल्मको तयारीमा समेत जुटेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4