+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘जीटूजी’ मार्फत मल ल्याउन कृषि कम्पनीलाई राष्ट्र बैंकको सहजीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते २०:१०
युरिया मल/फाइल तस्वीर

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जीटूजी’ मार्फत सरकराले खरिद गर्न लागेको रासायनिक मल आयात गर्न परिवर्त्य विदेशी मुद्रामा एलसी खोल्ने बाटो खोलिदिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

नेपाल र भारतबीच ‘जीटूजी’ माध्यमबाट मल खरिद सम्झौता भइसकेको छ । यसरी खरिद सम्झौता गरेर नेपाले ल्याउन तयारी गरेको मल सरकारी संस्थान कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्नका लागि राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा मल आायत गर्न बाटो खोलेको हो ।

‘कृषि सामग्री कम्पनी लिमिटेडले ‘जीटूजी’ खरिद व्यवस्था अन्तर्गत भारत सरकार वा भारत सरकारको सार्वजनिक निकायसँग परिपत्रमार्फत रासायनिक मल खरिद गर्दा परिवर्त्य विदेशी मुद्रामा समेत भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।

भारत सरकारले फाष्ट्र ट्रयाकबाट १५ हजार मेट्रिक टन मल उपलब्ध गराउन सहमति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?