+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

गैरआवासीय नेपालीको नागरिकता समस्या हल गर्न प्रतिवद्ध छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १५:०४

२८ असार, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार निवास खुमलटार आएका गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डललाई भेट्‍दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘गैरआवासीय नेपालीहरुको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिवद्ध छौं।’

भेटमा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले उक्त विधेयक सदनबाट पास गराएर ८० लाख गैरआवासीय नेपालीहरुको अधिकार सुनिश्चित गर्न पहलका लागि समेत अनुरोध गरेका थिए ।

भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणी सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?