+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निर्माता शर्मिला पाण्डे एमाले प्रवेश गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १५:०३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार राजनीतिमा आउनु स्वागतयोग्य रहेको बताएका छन् । फिल्म निर्मात्री शर्मिला पाण्डेलाई पार्टी प्रवेश गराउनेबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा ओलीले यस्तो बताएका हुन् ।

साथै उनले कलाकार राजनीति आउनु जरुरी भएको समेत बताएको ओलीलाई उद्धृत गर्दै पाण्डेले जनाइन् ।

पछिल्लो समय हलमा रिलिज भएको फिल्म ‘चिसो मान्छे’ र यसअघिको ‘आमा’बारे आफूले धेरै कुरा सुनेको बताउँदै अध्यक्ष ओलीले ती फिल्म हेर्ने इच्छा समेत व्यक्त गरे ।

ओलीसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै निर्मात्री पाण्डेले आगामी साता आफू एमाले प्रवेश गर्ने निधो भएको बताइन् । ‘अध्यक्षज्यूसँग पार्टी प्रवेशबारे छलफल भयो र आउने साता पार्टी पस्दैछु,’ उनले भनिन्, ‘फिल्म पनि बनाउने र चुनाव लड्ने मेरो योजना छ ।’

शर्मिलासँगै फिल्म निर्देशक तथा छोरा समेत रहेका सुरज पाण्डे पनि एमाले कार्यालय पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?