
१८ साउन, काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार हुने गरेको खुलेको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ –०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षका सुभाष राय यादव र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका छन् ।
उनीहरुलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकास राज खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4