+
+

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १६:४०

काठमाडौं । भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘झिंगेदाउ’लाई नायिकाद्वयको समय नमिल्दा प्रचारप्रसारमा हैरानी छ । निर्देशक तथा प्रस्तुतकर्ता ज्ञानेन्द्र देउजाले दुवै नायिका नेपालमै भएको मौका छोपेर सोमबार ट्रेलर सार्वजनिक गरे ।

फिल्मकी एक नायिका आँचल शर्मा ‘वर एण्ड वधु’को सुटिङका लागि रोमानियामा हुँदा ट्रेलर रिलिजमा ढिलाइ भयो । अर्की नायिका केकी अधिकारी प्रचारप्रसारमा सक्रिय हुनुपर्ने बेला आउँदो साता अमेरिका उड्दैछिन् ।

आँचल अब ‘वर एण्ड वधु’को बाँकी छायांकनमा पनि जुट्नुपर्ने छ । यस्तोमा पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा निर्देशक देउजाले चलाखीपूर्वक प्रतिक्रिया दिए ।

‘संसार सानो भइसक्यो, अमेरिका र नेपाल अब टाढा रहेन । सामाजिक सञ्जालबाट पनि तपाईंले इन्टरभ्यु लिन सक्नुहुन्छ,’ उनले भने, ‘पब्लिसिटीको प्याटर्न बदलिएपछि अब एकअर्कासँग जोडिन कठिन नहोला ।’

पत्रकार सम्मेलनमा केकी र आँचल आकर्षणको केन्द्र बने । फिल्ममा यी दुईले जेठानी–देवरानीको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा यी दुईको घरझगडालाई चित्रण गरिएको छ । झगडाको सुटिङ गर्दाको अनुभव सेयर गर्दा केकी र आँचल रोमाञ्चित पनि सुनिए । अभिनेता मुकुन भुसालले पनि पत्रकार सम्मेलनमा अनुभव बाँडे ।

निर्देशक देउजाले यसअघि आफूले कृतिमाथि निर्माण गरेको फिल्म मुनामदनलाई जस्तै यो फिल्मलाई पनि दर्शकले रुचाउने आशा व्यक्त गरे । प्रदीप भारद्वाजले यो फिल्म भीमनिधि तिवारीको छोटो कथा झिंगेदाउमाथि आधारित रहेर लेखेका हुन् ।

फिल्म लेखक भारद्वाजले वर्तमान समाज र राजनीतिक हिसाबले झिंगेदाउको कथावस्तु सान्दर्भिक रहेको बताए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?