+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपाल टेलिकमको नाफा बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १२:५६

३० साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ ।

कम्पनीको आम्दानीमा वृद्धि भएपनि खर्चमा भने वृद्धि भएको छैन, जसले नाफामा वृद्धि देखिएको हो । गत आर्थिक वर्षका सेवा वापतको कुल आम्दानी ५.४४ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ८८ करोड ९९ लाख ५९ हजार पुगेको छ । त्यस्तै अन्य आम्दानी २.५१ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

कम्पनीको दुवै आम्दानीमा वृद्धि हुँदा कुल आम्दानी ५ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ३२ करोड १३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कुल आम्दानी ४२ अर्ब २० करोड ९९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

कुल आम्दानी २ अर्ब ११ करोडले बढाएको टेलिकमले सञ्चालन खर्च पछिको आम्दानी करिब २ अर्बले बढाएको छ । कम्पनीको कर्जाको ब्याज खर्च, ह्रास कट्टी, भन्दा अगाडिको आम्दानी अघिल्लो आवमा १८ अर्ब ४६ करोड १९ लाख ७६ हजार रहेकोमा गत आबमा बढेर २० अर्ब ३७ करोड ६४ लाख ६४ हजार पुगेको छ ।

यस्तै टेलिकमको वित्तीय लागत ८३ करोड ६८ लाख ९५ हजारबाट ५८ करोड ५२ लाख ५२ हजारमा झरेको छ । यता ह्रासकट्टीमा वृद्धि हुँदा प्रोभिजन भने घटेको छ । जसले गर्दा कम्पनीको कर अगाडिको नाफा २१.५८७ प्रतिशतले वृद्धि भएर १३ अर्ब ३० करोड ९२ लाख १८ हजार पुगेको छ ।

कम्पनीले १८ अर्ब ७४ करोड १८ लाख ७२ हजार लगानी गरेको छ । यस्तै कर्मचारीलाई ३ अर्ब ६० करोड ९४ लाख २१ हजार कर्जा दिएको छ । गत आवमा २० प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १५ अर्बबाट १८ अर्ब पुर्याएको कम्पनीको मुनाफा बढेपनि प्रतिसेयर आम्दानी घटेको छ । आव २०७७/७८ मा १५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ५३ पैसा रहेको थियो ।

तर, गत आवमा बोनस सेयर मार्फत १८ अर्ब पूँजी पुर्‍याएसँगै नाफा बढेपनि प्रतिसेयर आम्दानी भने ४६ रुपैयाँ ५६ पैसामा झरेको छ । सञ्चित तथा जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख ८३ हजार रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?