
३० साउन, काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् ।
सोमबार सम्पन्न साधारणसभाले बोगटीलाई ३ वर्षका लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दीलकुमार विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् ।
सदस्यहरुमा प्रमेश विसुन्के, राजन रम्तेल, योगशकुमार नेपाली, राजुन नेपाली (मिजार) र रोशन रोक्का चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4