 
																			भदौ १७, काठमाडौं । २४बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् ।
आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै सुनुवाई नभएको भन्दै आन्दोलनरत कर्मचारीहरुले निर्देशक र लेखाप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । संघर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समते बताएको छ । ‘स्वास्थ्य मन्त्रालयमा १३ भदौमा तीनबुँदे माग राखी तीनदिनभित्र माग पुरा नभएर निर्देशक र लेखाप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जानकारी गराइएको थियो,’ संघर्ष समितिले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ कुनै सुनुवाई नभएका कारण तालाबन्दी गरेका हौं । मन्त्रालय धर्ना कार्यक्रम सुरू गर्नेछौं ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ तथा राज्यमन्त्री हिराचन्द्र केसीसमक्ष भदौ १३ मा संघर्ष समिति तीनबुँदे माग समेत पेश गरेको थियो, जसमा अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायत छन् ।
संघर्षसमितिले निर्देशक समक्ष राखिएको २४ बुँदे मागमा भने नेतृत्व तहबाट भएको भनिएको आर्थिक अनियमिताको छानबिनका साथै सेवा सुविधा र व्यवस्थापनका विषय समावेश छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4