+
+

विराटनगर विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण गर्ने निर्णय फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १८:५३
फाइल तस्वीर

२ असोज, काठमाडौं । सरकारले विराटनगर विमानस्थल विस्तार गर्न लिने भनी गरेको निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्ले २७ कात्तिक २०७७ मा विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको स्वीकृती ३१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?